कला/साहित्य

बालकृष्णको‘प्रशंसा गर्छौ’मा सुनिल र रेजिनाको अभिनय

Thrill Factory
Rungta Group

काठमाडौं -गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत ‘प्रशंसा गर्छौ’को भिडियो सार्वजनिक भएको छ।

गायक न्यौपानेको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल सुनिल क्षत्री र रेजिना मगरको रोमान्स देख्न सकिन्छ।

प्रेम र रोमान्सले भरिएको सार्वजनिक डान्सिङ शैलीको गीतमा प्रेममा चुर्लुम्मै डुबेका युवा युवतीको कथालाई देखाइएको छ।

आफ्नो मायालुसँग रोमान्स गरेको कल्पना गर्दै प्रेमको डुबेको दृश्यलाई निर्देशक सुरज श्रेष्ठले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन्।

प्रशंसा एल्बममा समावेश गरिएको गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्। भिडियोमा प्रशान्त मगरले कोरियोग्राफी गरेका छन्।

दीपक गिरीको छायांकन रहेको भिडियोको निर्माता ठाकुर न्यौपाने र झुमा तिमसिना रहेका छन्। न्यौपाने र तिमसिनाको यो पहिलो सहकार्य हो।

भिडियो गायक न्यौपानेको आफ्नै च्यानल बिके क्रियशनबाट बजारमा आएको हो। गायक न्यौपानले केही समयअघि मात्रै ‘चञ्चले मन’ गीतको भिडियो सार्वजनिक गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button