कला/साहित्य

जानुकाको ‘झरीको किरण’

Thrill Factory
Rungta Group

न्युयोर्क-जानुका वस्ती ढकालको कविता संग्रह ‘झरीको किरण’ सार्वजनिक भएको छ। अमेरिकास्थित महावाणिज्य दूतावासका वाणिज्यदूत गणेश अधिकारी, कविका बुबा नीलप्रसाद र आमा हरिमाया वस्तीले न्युयोर्कमा कविता संग्रहको विमोचन गरेका हुन्।

गोरखा जिल्ला मसेल गाविसदेखि अमेरिकाको क्यालिफोर्निया हँुदै न्युयोर्कसम्मको यात्रा र कर्म भोगाई समेटेर कविता कृति लेखिएको छ। कविताको समालोचना गर्दै समालोचक रश्मी भट्टले कवितामा हुनु पर्ने शब्द संयोजन र भावनात्मक रूपमा सन्देशमूलक विषय समेटेको बताइन्। कविजस्तै शालीन नभई कविता बडो व्यंगात्मक तरिकाले लेखिएकाले पठनयोग्य रहेको उनको भनाइ छ।

गोरखा समाज अमेरिकाको विशेष सहयोगमा अनेसास न्युयोर्क च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा च्याप्टर अध्यक्ष सकुन ज्ञवालीले कविताले सबैको मन जित्ने बताइन्। साहित्य र संस्कृतिको विकास र प्रवद्र्धनका लागि स्थापित तारा–किशन फाउन्डेसन इन्ककी संयोजक तारा धामीले च्याप्टरकी कोषाध्यक्षसमेत रहेकी कवि ढकाललाई मायाको चिनो प्रदान गर्दै गुणस्तरीय लेखनका लागि शुभकामना दिएकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button