कला/साहित्य

सलमान खान बने क्रिकेट टिमको मालिक

बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका छन् । उनी इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को टिम दिल्लीको मालिक बनेका हुन् ।

आईएसपीएलको तेस्रो संस्करण चाँडै हुने बताइएको छ । नयाँ टिमका रुपमा दिल्लीको प्रवेश हुन लागेको छ । जसको मालिक सलमान खान बनेको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको हो ।

अहिलेको अवस्थामा तेस्रो संस्करणको आईएसपीएल खेल्ने टिमको संख्या सात पुगेको छ । आईएसपीएलले पछिल्लो संस्करणमा दर्शकबाट राम्रो साथ पाएको थियो । उक्त सिजन झन्डै तीन करोड दर्शकले हेरेको आईएसपीएलको दाबी छ । सोहीकारण सलमान एक टिमको मालिक बन्न तयार भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाले सलमानको भनाइ उदृत गर्दै लेखेको छ, ‘क्रिकेट प्रत्येक भारतीयको मनसँग जोडिएको खेल हो। यही भावनाबाटै आईएसपीएलको जन्म भएको हो। आईएसपीएलसँग जोडिन पाएकोमा म निकै खुशी छु। यो सुरुवात मात्र हो ।’

सलमानले पनि आफ्नो सामाजिक सञ्जालबाट आईएसपीएलसँग जोडिएको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button