कला/साहित्य

राजनीति रहेछ ठूलो व्यापार

युवराज सुवेदी

राजनीति रहेछ ठूलो व्यापार,
झूठको पर्दा, सत्ता-संसार।
नियम-कानून आफ्नै लेख,
जनताको सपना, केवल देख।

वाचा गर्छन् आशाका पुल,
सत्य खोज्दा हुन्छन् खुल्ला भूल।
नेताका भाषण, शब्दका खेल,
यथार्थमा सधैं, हामी बेहाल।

गरीबका आँसु, कसैको व्यापार,
सत्ताको लडाइँ, फेरी दोहराइ।
आशा दिनेहरू, भोलि भुल्छन्,
जनताको आवाज, मौन तुल्याउँछन्।

राजनीति, तिमी किन निर्दयी छौ?
सपना बेचेर, स्वार्थी किन भयौ?
सम्झ त, जनता नै तिमीलाई उचाल्छ,
तर एक दिन, यही जनता ठुकराउँछ।

यसो त, राजनीति रहेछ व्यापार ठुलो,
तर सत्यले बनाउँछ मान्छे अग्लो।
ए राजनीतिका व्यापारी, सोच एकछिन,
सत्कर्मले मात्रै पाउँछ जीवनको चिन्ह।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button