हाल आएर सुनिंदै छ कि, हाम्रो देश को ८०० मेगावाट बिजुली खेर जान लागेको छ । विद्युत् खेर जान नदिन यसको वैकल्पिक समाधान दिने हो भने देश, जनता र उद्योगलाई राहत हुन सक्दछ ।
यस्को लागि जतिन्जेल बिद्युत बढी हुन्छ त्यतिञ्जेल सर्वसाधरण जनताहरुबाट लिने महसुल दर र सेवा चार्ज लाई घटाउनु पर्दछ । जसबाट एलपी ग्यासको आयत काम हुन जान्छ ।
यो उपायबाट विदेशी मुद्राको संचिति बढन जान्छ । त्यसरी नै उद्योगहरुको लागि पनि महशुल दर तथा अधिकतम डिमान्ट दरलाई घटाउनु पर्दछ ।
हिउँद समयमा पनि बर्खाको झै ट्यारिफ लिनु पर्दछ । जसले उद्योगहरुको लागि केही राहत हुने थियो । नेपालमा विद्युत् गृहहरु रन अफ रिभरको छ ।
विद्युत गाडीलाई प्रोत्साहन गर्ने तथा सरकारबाट अनुदान सहुलियत दिनु पर्दछ । जसको फलस्वरूप पेट्रोलियम पदार्थको आयत काम हुन जान्छ । यसबाट व्यापारघाटा न्यूनीकरणमा सहयोग पुग्न सक्दछ ।
यो उपाय विद्युत निकासीको चिन्ता समाधानका साथै देशको अर्थतन्त्रको उन्नतिमा सहयोगी हुनेमा आशावादी हुन सकिन्छ ।
अम्बे सिमेन्टका महाप्रबन्धक अधिकारीका यी निजी विचार हुन् ।



