खेल संसार

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको खेलमा फ्लेमिङ्गोले  टयुनिसलाई २-० ले हराएको छ।

समूह ‘डी’मा रहेको ब्राजिलियन टोलीका लागि १७ औँ मिनेटमा जिडी आरस्केटाले गोल गरेका थिए। ७० औँ मिनेटमा लुइस अराजियोले गोल गरे।

सो समूहमा चेल्सी र लस एन्जलस पनि छन्। एक दिन अघि भएको खेलमा चेल्सीले लस एन्जलसलाई हराएको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button