खेल संसार

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन, स्कटल्याण्ड दुई विकेटले पराजित

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत मंगलबार सम्पन्न तेस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई दुई विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई १० विकेट गुमाएर ९७ रनमा सीमित पारेको थियो। जवाफी ब्याटिङमा नेपालले आठ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै दुई अङ्क जोडेको हो।

नेपालको जितमा स्पिनर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिँदै निर्णायक भूमिका खेले। यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई–दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिएका थिए।

ब्याटिङतर्फ नेपालका कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए।

यसअघि सोमबार भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपरओभरसम्म पुगेको रोमाञ्चक भिडन्तमा नेपाल पराजित भएको थियो। तर आजको जितसँगै नेपालले प्रतियोगितामा पुनः लय फेला पारेको छ। अहिले तीनवटै टोली — नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स — ले समान एक/एक खेल जित्दै दुई/दुई अङ्क जोडेका छन्।

नेपालले सिरिजअन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम लिग खेल बिहीबार (पर्सी) बेलुकी ७ः४५ बजे नेदरल्याण्ड्ससँग खेल्नेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button