खेल संसार

डिलालाको सनसनीपूर्ण ह्याट्रिकमा म्यानचेस्टरको जित

अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३-१ ले हराएको छ।

खेलको ४३ औँ मिनेटमा अगार्टाले आत्मघाती गोल गरेपछि हाम्टनले सुरुवाती अग्रता लिएको थियो। तर खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नमिठो हारको सामना गरेको हो।

गत साता मात्र ५ वर्ष ६ महिनाको नयाँ सम्झौता गरेका डिलालाले खेल सकिन नौ मिनेट बाँकी छदा बराबरी गोल गरे। इन्जुरी समयको पहिलो मिनेटमा उनले क्रिस्चियन इरिक्सनले दिएको पासमा अर्को गोल थपे। त्यसको लगत्तै साउथ हम्टनका खेलाडी बिचको असमझदारीको फाइदा उठाउँदै खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा ब्रिङटनले इप्सविचलाई २-० ले हराएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button