खेल संसार

जय ट्रफी एलिट कप क्रिकेट: दोस्रो दिन बलरको दबदबा, साहब आलमको उत्कृष्ट प्रदर्शन

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन बलरहरू हाबी देखिएका छन्। सोमबार त्रिभुवन आर्मीका साहब आलमले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ८ विकेट पूरा गरेका छन्। नेपाल पुलिसविरुद्ध आक्रामक बलिङ गरेका साहबले आइतबार पहिलो दिनमै पाँच विकेट लिएर धारिलो प्रदर्शन देखाएका थिए। सोमबार थप तीन विकेट लिँदै उनले आफ्नो विकेटको संख्या आठ पुर्‍याएका हुन्।

नेपाल पुलिसले पहिलो दिनको खेल सकिँदा २४ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। दोस्रो दिन पुलिसले ३३.१ ओभरमा १२५ रनमा समेटियो। साहब आलमले १५.१ ओभर बलिङ गर्दै ५९ रन खर्चेर आठ विकेट लिँदै आर्मीका लागि शानदार प्रदर्शन गरे।

पुलिसका ब्याट्सम्यानमध्ये गुल्सन झाले सर्वाधिक ४७ रन बनाए। उनले अर्धशतक बनाउन तीन रनको कमी भोगे। अन्य ब्याट्सम्यानमध्ये अमित श्रेष्ठले १८, राशिद खानले १६, शङ्कर राणाले १३, र दिलिप नाथले १० रन बनाउनुबाहेक दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि पहिलो इनिङ्समा त्रिभुवन आर्मी ३४.४ ओभरमा मात्र १२१ रनमा अलआउट भएको थियो। आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२, र साहब आलमले ११ रन बनाए।

नेपाल पुलिसका लागि ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिए। उनले १४.४ ओभरमा ४७ रन खर्चेर सात विकेट लिएका थिए, जसमा चार ओभर मेडन राखेका थिए।

दोस्रो दिनको खेलको सुरुवातमै पुलिसले चार रनको अग्रता बनाएर इनिङ्स समाप्त गरेको छ। खेल रोमाञ्चक मोडतर्फ उन्मुख भएको छ, जसमा बलरहरूको प्रदर्शनले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button