कला/साहित्ययस्तो पनि

अडिसनमा असफल हुँदा मोबाइल फुटाउने यी कलाकार

क्यानाडियन डान्सर नोरा फतेहीले आफ्नो करियरको सुरुवाती चरणमा काम पाउन निकै संघर्ष गर्नु परेको अनुभव बाँडेकी छिन्।

नोरा भन्छिन्, “सुरुवातमा मैले धेरै अस्वीकृतिहरूको सामना गरें, जुन सजिलो थिएन। तर, मैले कहिल्यै हार मानिनँ र निरन्तर मेहनत गरिरहेँ। त्यसैको नतिजा आज म सफल भएकी छु।”

मेलबर्नको इन्डियन फेस्टिभलमा बोल्दै उनले भनिन्, “मलाई याद छ, म एकपटक यशराज फिल्मको अडिसनमा गएकी थिएँ। मैले मेरो संवाद हप्तौंसम्म कण्ठ गरें र ठानेकी थिएँ कि अडिसन राम्रो भयो। तर, मलाई उनीहरूले फोन गरेनन् र प्रतिक्रिया पनि राम्रो थिएन। यो सुनेर म असाध्यै निराश भएँ र रिसको झोंकमा मोबाइल फुटाएँ।”

नोरा भन्छिन्, “सफलता पाउनको लागि सही समयको प्रतीक्षा गर्नुपर्दो रहेछ। उपयुक्त समय आएपछि सबै ढोका खुल्छन्। तर, यदि मैले आफूलाई नखुल्ने ढोकाहरू जबर्जस्ती खोल्न खोजें भने, त्यो व्यर्थ हुनेछ।”

उनले थपिन्, “जसका लागि म रिजेक्ट भएँ, ती खासै सफल भएनन्। ती फिल्महरू फ्लप भए या राम्रो प्रदर्शन गरेनन्।”

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button