खेल संसारयस्तो पनि

भारत-पाक खेलको टिकट मूल्य २ करोड ३५ लाख !

Patanjali Nepal
Sweet Mart Food

भारत र पाकिस्तानबीच नेपाली समयअनुसार आइतबार बेलुकी हुने तय भएको विश्वकप क्रिकेटको टिकट मूल्य कतिसम्म होला?

न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियमको सेक्सन २५२ को रो-२० को सिट नम्बर ३० मा के त्यस्तो जादु छ? भारत-पाकिस्तानबीचको यो सिटको आइतबारको बजार मुल्य १७५,४०० डलर अर्थात करिब २ करोड ३५ लाख नेपाली रुपैयाँ राखिएको छ।

टिकट यतिमै बिक्छ या बिक्दैन फरक हो तर बेच्नेले राखेको मुल्यको अर्थ भारत-पाक खेल ‘प्राइस लेस’ भएको सन्देश दिन यो मूल्य राखिएको हुन सक्ने आँकलन गरिएको छ।

यो सिटका आसपासका सिटहरु भने तुलनात्मक रुपमा सस्ता रहेका छ। ६ सय देखि १ हजार डलर सम्ममा टिकटहरु अहिले पनि पाइरहेका छन्।

ब्यक्तिहरुले कालोबजारीका लागि पनि उच्च मुल्य देखाउने गरेका छन्। कतिपय सिट र नम्बर बिनापनि टिकटको उच्च मुल्यहरु सार्वजानिक गरिएका छन्।

यद्यपि टिकट पाउनका लागि सहज नहुँदा कालाबजारीमा बेच्नेहरुले भाउ पाएको जनाइएको छ। भारत र पाकिस्तानबिच खेल हुने न्युयोर्क स्थित यो मैदानको क्षमता ३४ हजार रहेको छ। तर टिकटको माग भने स्टेडियमको क्षमता भन्दा २०० गुणा बढी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले पनि सेक्सन २ सय ४८ को रो-१ को मुल्य १९५०० राखिएको छ। त्यो भन्दा कम अर्थात सस्तो मुल्यका रुपमा १०७० डलर रहेको छ।

पार्किङ शुल्क पनि असामान्य रुपमा वृद्वि खेल हेर्नका लागि पुग्ने दर्शकहरुले टिकटसँगै पार्किङका लागि समेत उच्च मुल्य तिर्नु पर्ने भएको छ। भारतीय कमेन्टेटर नवजोत सिंह सिद्वुले भारत-आयरल्यान्डको खेलमानै १२०० डलर पार्किङ शुल्क देखेर आफू आश्चर्यचकित परेको बताए। उनले फ्यानहरुले अत्याधिक रकम तिर्नु परेको भन्दै अब पाकिस्तान र भारत विचको खेलमा झनै बढी हुने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button