अन्तराष्ट्रिययस्तो पनिस्वास्थ्य/जिवनशैली

चरम गर्मीले कोखमै सन्तानको मृत्यु हुने सम्भावना दोब्बर : अध्ययन

भारतको एउटा नयाँ अध्ययनका अनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने वा गर्भवती महिलाको बच्चा खेर जाने जोखिम दोबर हुन्छ। उक्त अध्ययनले आमा हुन लागेका महिलाहरूमा पहिला सोचिएभन्दा उल्लेख्य रूपमा जोखिम हुने पत्ता लगाएको हो।

अध्ययनकर्ताहरूले ज्यादा गर्मी हुने ग्रीष्म ऋतुले उष्ण मौसम हुने क्षेत्रमा मात्रै नभई यूकेजस्ता देशमा पनि त्यस्तो हुने बताएका छन्। गर्भवती कामकाजी महिलाका लागि विशेष स्वास्थ्य सल्लाह विश्वभरि नै आवश्यक पर्ने अनुसन्धानकर्ताहरू बताउँछन्।

अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए। चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो।

त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्न जानुपर्थ्यो। बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे।

मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर तोकिएको छैन। गर्मीको असर तपाईँ केमा अभ्यस्त हुनुहुन्छ र तपाईँको शरीर कस्तो मौसममा अभ्यस्त छ भन्नेमा भर पर्छ, अध्ययनका एक वैज्ञानिक प्राध्यापक जेन हर्स्टले भनिन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button