‘बद्रीबहादुर’ टेलर सार्वजनिक

चलचित्र ‘बद्रीबहादुर’ को टेलर सार्वजनिक भएको छ । सुन्धारामा बिहीबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले टेलर सार्वजनिक गरेको हो ।



टेलरमा फिल्मका मुख्य पात्र जयकिशन बस्नेत, राजिवजंग बस्नेत, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, पूजा शर्मालगायतले स्थान पाएका छन् । फिल्ममा अतिथि भूमिकामा रहेका नायक धिरन शाक्यलाई पनि टेलरमा देख्न सकिन्छ ।



मुख्य भूमिकामा रहेका जयकिशन भने हिमाली क्षेत्रको पात्रको भूमिमा देखिने टेलरबाट प्रष्ट हुन्छ । निर्माण पक्षले ‘धेरै हाँस्न नसक्नेले चलचित्र नहेर्नुहोला’ चेतावानीसहित पोस्टर सार्वजनिक गरिएको फिल्मको टेलरमा दुईअर्थी संवादले स्थान पाएका छन् ।



एबी पिक्टर्स फर्म र सलोन सलिना फिल्मस्को संयुक्त ब्यानरमा बनेको यस फिल्मका लेखक रामकाजी घिमिरे हुन् । यस फिल्मका निर्माता मिथुन भोटे र कार्यकारी निर्माता रवि अधिकारी हुन् । फिल्म चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । विदेशमा भने फिल्म प्रदर्शन भइसकेको निर्माण पक्षले बताएको छ ।