कला/साहित्य

‘उपहार’को पोस्टर : चियावाली रेखाको जोडीमा मुकुन

Thrill Factory
Rungta Group

एकसाथ चलचित्र ‘उपहार’को चार पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा रेखा थापा, मुकुन भुषाल, बेनिशा हमाललाई विशेष स्थान दिइएको छ । 

एक पोस्टरमा तीन जोडी देख्न सकिन्छ । रेखा थापाको जोडी नायक मुकुन भुसालसँग जोडिएको छ । अर्को पोस्टरको पृष्ठभूमिका चिया घर देखाइएको छ भने थर्मस भिरेकी रेखा चिवालीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । अभिनेता भुसाल ह्विलचेयरमा देखिएका छन् । 

एक पोस्टरमा वकिलको गेटअपमा देखिएकी नायिका बेनिशा हमाल अर्को पोस्टरमा भने अभिनेता तेज गिरीसँग विवाहको पहिरनमा देखिन्छिन् । 

नव नायक समर्पणजंग कार्कीसँग जोडी बाधिँएकी नायिका पूजा शर्मा भने हसिली देखिन्छिन् । एक पोस्टरमा भने फिल्मका मुख्य कलाकारसहित वरिष्ठ कलाकारहरू राजाराम पौडेल, किरण केसी (राता मकै), निर्मल शर्मा (गैडा) र शिशिर राणाले स्थान पाएका छन् ।

पोस्टरबारे अभिनेता भुषाल भन्छन्, ‘पोस्टरले त खासै केही बोलेको छैन । फिल्मबारे थोरै मेसो पाउन टेलर नै कुर्नुपर्छ ।’ 

रेखा फिल्मस् र कपनगढी सिनेमाको संयुक्त ब्यानरमा बनेको यो फिल्म फागुन २५ गते प्रदर्शनमा आउँदै छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो फिल्मको निर्माता सुलभप्रतिक देउजा र समीक्षा देउजा हुन् भने कार्यकारी निर्माता बलराम शाही हुन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button