अन्तराष्ट्रिय

इजरायलमा इरानको जवाफी ड्रोन आक्रमण, फेरि तनावको स्थिति

Thrill Factory
Rungta Group

इरानले इजरायलमा २०० बढी ड्रोन आक्रमण गरेको छ । मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स ९आईडीएफ०का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् ।

इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ ।

१ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । घटनामा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो ।
त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिँदै आएको इरानले जबाफी आक्रामण गरेको हो ।

इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button