अन्तराष्ट्रिय
अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नीस्थित एउटा सपिङ मलमा मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा हानिएको घटनामा ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।



अन्य कैयौँलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान गएको सुरक्षा अधिकारीहरूले बताएका छन्।



आक्रमणकारी ४० वर्षे पुरुष भएको र अहिलेसम्म पाइएको विवरण अनुसार उनी एक्लैले उक्त आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ।



त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको बताइएको छ। प्रहरीले अब त्यहाँ निरन्तर खतरा नरहेको बताएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्रीले घटनाप्रति दुस्ख व्यक्त गर्दै जनताको सुरक्षा सरकारको प्राथमिकता भएको बताएका छन्।