No Image Headlineस्वास्थ्य/जिवनशैली

गर्मी मौसममा पोषण सचेतना : के खाने, के नखाने ?

Thrill Factory
Rungta Group

गर्मी मौसम सुरु भएको छ। यो मौसममा तातो हावा चल्ने र प्रदूषण पनि बढ्ने हुँदा स्वास्थ्यमा विभिन्न खाले समस्या देखिने गर्दछन्। गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ।

गर्मी मौसममा प्रशस्त मात्रामा दही, मोही खानु पर्दछ। शरीरमा तापक्रमको मात्रालाई सन्तुलित राख्नको लागि यस्ता खानेकुरा खानु राम्रो हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा मानिसलाई खाना कम रुच्ने हुन्छ। त्यसकारणले मानिसलाई कमजोरी महसुस हुनसक्छ। आफ्नो शरीरलाई कति क्यालोरीको आवश्यक पर्दछ भनेर शरीरलाई आवश्यक पर्ने जती खानेकुरा खानामा आवश्यक हुन्छ। तर, धेरै खाना खानाले पनि स्वास्थ्य बिग्रने जोखिम हुन्छ। त्यस्तै चिसो मौसममा हाम्रो शरीरलाई कम तापक्रमको बानी परेको हुन्छ। एक्कासी गर्मी मौसम सुरु हुँदा तापक्रम बढ्छ। त्यसको बानी पर्न पनि केही समय लाग्ने हुन्छ। त्यसैले सोही अनुसारको खानपान विस्तारै परिवर्तन गर्नुपर्ने पोषणविद्को सुझाव छ।

गर्मी मौसममा कस्तो खाना खाने ?
सामान्यतया हामीले भोक मेटाउनका लागि मात्र खाना खाएको पाउँछौं। तर शरीरमा चाहिने पौष्टिक तत्त्व पूर्ति गर्नका लागि हामीले विभिन्न खालका खानेकुरा खानु आवश्यक हुन्छ। हामीले अन्न, दाल तथा गेडागुडी, माछा, मासु, दही, दूध, तेल, घ्यू, चिनी, फलफूल र तरकारीलाई सन्तुलित मात्रमा खानामा समावेश गरेर खानु पर्दछ।

सामान्यतया कुन मौसममा कस्तो खाना खाने भनेर सिजन अनुसारका खाद्यवस्तु उत्पादन हुन्छन्। गर्मी मौसममा पाइने मेवा, प्याज, खरबुजा, तरबुजा, पुदिना, कागती, काँचो आँप, काँक्रो, मकै, हरियो सागपात, नरिवलको पानी, ताजा फलफूलको जुस मात्र सबै सन्तुलित मात्रामा खानु पर्दछ।

गर्मी मौसममा शरीरलाई शितल प्रदान गर्ने खानेकुरा बढी मात्रामा खानुपर्दछ। पानीको सेवन पनि उत्तिनै गर्नुपर्ने हुन्छ। शरीरमा पानीको मात्रा कम हुने हुन्छ। शरीरबाट पसिनाको माध्यमबाट पानी बाहिर निस्कने भएकाले सकेसम्म बढी नै पानी पिउनुपर्छ।

झोलिलो खानेकुरा, हरियो सागपात र फलफूलको सेवन समय समयमा गर्नुपर्दछ। स्वस्थ मानिसले गर्मी मौसममा दुईदेखि तीन लिटर पानी पिउनु पर्दछ। तर, पसिना बढी आउने र तापक्रम बढी भएमा ५ लिटरसम्म पानी पिउनु जरुरी हुन्छ।

के नखाने ?
गर्मी मौसममा शितलता प्रदान गर्न कोक, फेण्टा, लगायत बजारमा पाइने पेय पदार्थ आइसक्रिम खाने गर्दछौं। यस्ता खाद्यान्न भनेका मन्द विष नै हुन्। यस्ता खानेकुराले शरीरलाई क्षणिक शितलता प्रदान गरेपनि अधिक प्रयोगले शरीरको भित्री तापक्रम र बाहिरी तापक्रममा असन्तुलन गराएर शरीरलाई बढी गर्मी महसुस गराउँछन्।

साथै शरीरमा पानीको मात्रा कमी गराई सुख्खा गराउँछ। यसले गर्दा मानिसमा विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छन्। त्यसकारण खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरा ध्यान दिनु जरुरी हुन्छ।

गर्मीमा माछामासु खानु कति उपयुक्त ?
माछामासु खानु नै हुन्न भन्ने होइन। तर मात्रा मिलाएर आफूलाई चाहिने मात्रामा खाने गर्नुपर्छ। त्यस्तै मासुजन्य वस्तु छिटो बिग्रिने, पकाउँदा पनि चिल्लो पिरो बढी प्रयोग गर्ने भएकाले त्यसको भण्डारणदेखि लिएर सबै कुरालाई मध्यनजर गर्दै ध्यान दिएर खानु राम्रो हुन्छ।

उमेर अनुसारको खाना कसरी मिलाउने ?
हरेक उमेर समूह अनुसार कामको प्रकृति कस्तो काम हो ? बसाई, हिँडाई लगायत क्रियाकलापमा भरपर्छ। हाम्रो शरीरलाई दैनिक क्यालोरी र प्रोटिनको आवश्यकता पर्छ। विशेषगरी बच्चालाई र बुढ्यौली उमेरका मान्छेलाई क्यालोरी र प्रोटिनको आवश्यकतापर्छ भने वयस्कलाई पनि त्यही अनुसारको खानपान आवश्यक पर्छ। त्यसैले फरक फरक उमेर समूह अनुसार खानपान पनि फरकफरक खालको हुनुपर्दछ।

खानपानको विषयमा थप सुझाव 
अहिले मौसम परिवर्तनको समय भएकाले धेरै बालबालिका बिरामी भएर अस्पताल आउने गरेका छन्। यो मौसममा खानपानमा एकदमै ध्यान दिनु जरुरी छ। बच्चाले आइसक्रिम लगायत चिसो खानेकुरा खोज्छन् भने त्यसबाट जोगाऔं, बासी सडेगलेका खानेकुराहरु खान नदिऔं, पिसाब पहेँलो छ कि छैन भनेर हेर्ने गरौं। यदि समस्या भए पानी र झोलिलो खानेकुरा प्रशस्त मात्रामा खान दिनुपर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button