कला/साहित्य

ओस्कर पुरस्कारको प्रतिस्पर्धामा छानिएपछि भारतीय चलचित्र ‘आरआरआर’ को गीतको चर्चा

Thrill Factory
Rungta Group

भारतमा तेलुगू भाषामा बनेको चलचित्र ‘आरआरआर’ मा समाविष्ट एउटा गीत यो वर्ष ओस्कर पुरस्कारको अन्तिम प्रतिस्पर्धामा पुगेको छ।

‘नाटू-नाटू’ शीर्षकको उक्त गीत ‘मौलिक गीत’ को विधामा  प्रसिद्ध ओस्कर पुरस्कारको ९९औँ संस्करणका लागि मनोनयनमा परेको हो।

उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको विधामा बाहेक अरू विधामा ‘अक्याडमी अवार्ड्स’मा मनोनयनमा परेको यो नै पहिलो कथानक भारतीय चलचित्र हो।

पुरस्कार वितरण समारोहहरूमा उक्त गीत निकै  लोकप्रिय बनेको छ। त्यसले गोल्डन ग्लोब र क्रिटिक्स चोइस अवार्ड पनि हात पारिसकेको छ।

उक्त गीतको प्रतिस्पर्धा लेडी गागा र रिहानाका गीतहरूसँग हुनेछ। ओस्कर पुरस्कार समारोहका सञ्चालक रिज अहमद र एलिसन विलियम्सले मङ्गलवार बेभर्ली हिल्समा मनोनयनमा परेका चलचित्र, गीत र व्यक्तिहरूको घोषणा गरेका हुन्।

यो वर्ष मार्च १२ मा अमेरिकाको लस एन्जलिसमा पुरस्कार घोषणा र वितरण हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button