खेल संसार

क्यानडाविरुद्ध क्रोएसियाको उत्कृष्ट जित

Thrill Factory
Rungta Group

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

क्रोएसियाका लागि आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे । क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । तर त्यसलाई जोगाउन नसक्दा क्यानडाले हार ब्यहोर्नु पर्यो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याए ।

४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए ।

खेलको ७० औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रोएसिया खेलमा हाबी भएको थियो । इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए ।जितसँगै क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ । क्रोएसिया शीर्ष स्थानमा रहेको छ । क्यानडाको भने याे लगातार दोस्रो हार हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button