खेल संसार

राजस्थानका कप्तान सन्जु सामसनले १२ लाख जरिवाना तिर्नुपर्ने

Thrill Factory
Rungta Group

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आफ्नो पछिल्लो खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई तीन विकेटले हराएको थियो । जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि यो पहिलो हार हो ।

गुजरातविरुद्धको उक्त खेलमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनका लागि निराशाजनक रह्यो । एकातिर टोलीले पहिलो हार भोग्नुपर्यो भने अर्कोतिर, कप्तानको रुपमा उनले १२ लाख भारतीय रुपैयाँ जरिवाना पनि तिुर्नपर्यो ।

जयपुरमा खेलिएको खेलमा स्लो ओभर रेटका कारण सन्जु सामसनमाथि उक्त जरिवाना लगाइएको समाचारमा जनाइएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले सात विकेट गुमाएर अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो । गुजरातलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । राजस्थानले अन्तिम ओभर बलिङ गर्नुअघि नै खेल पाँच मिनेट ढिलो भइसकेको थियो ।

जारी सिजनको आईपीएलमा राजस्थानको यो पहिलो गल्ती भएकाले न्युनतम सजायमात्र गरिएको जानकारी आईपीएल आयोजकले दिएको छ । यसअघि लगातार दुई खेलमा ‘स्लो ओभर रेट’ कै कारण दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले पनि २४ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपरेको थियो ।

ऋषभले पहिलोपटक गल्ती गर्दा १२ लाख र दोस्रो पटक गल्ती गर्दा २४ लाख गरी कुल ३६ लाख भारतीय रुपैयाँ जरिवाना तिरिसकेका छन् । यसका अतिरिक्त गुजरात टाइटन्सका कप्तान शुभमन गिलले पनि चेन्नई सुपर किङ्सविरुद्धको खेलमा स्लो ओभर रेट का कारण १२ लाख रुपैयाँ जरिवाना तिर्नु परेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button