खेल संसार

अन्तरप्रदेश भलिबलको उपाधि गण्डकी र वाग्मतीलाई

Thrill Factory
Rungta Group

गण्डकी र वाग्मती प्रदेशले प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि जितेका छन् ।

गण्डकी पुरुष र वाग्मती महिलामा च्याम्पियन भयो । पुरुष फाइनलमा गण्डकीले कोशी प्रदेशलाई २५–१८, २५–२२, २५–१८ को सोझो सेटमा हरायो । सुदूरपश्चिम तेस्रो भयो ।

महिलाको फाइनलमा वाग्मतीले गण्डकीलाई २५–२१, २५–१२, २५–८ को सेटमा हरायो । लुम्बिनी प्रदेश तेस्रो बन्यो । महिला फुटबलको उपाधिका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार दोस्रो सेमिफाइनलमा कर्णाली प्रदेशलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै सुदूरपश्चिमले फाइनल पुग्यो । निर्धारित समय बराबरी भएपछि पेनाल्टी शुटआउटमार्फत निर्णय गरिएको थियो ।

सुदूरपश्चिमका अञ्जली चन्द, गंगा रोकाया र अस्मिता चौधरीले गोल गरे । कर्णालीबाट हिमा रावल र भूमिका बुढाथोकीले गोल गरे । कोशीले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई २–० गोलले हराएको थियो । फाइनल शनिबार हुनेछ ।

पुरुष क्रिकेटमा मधेश प्रदेश शुक्रबार फाइनल पुगेको छ । दोस्रो सेमिफाइनलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो । भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको १ सय ४६ रनको लक्ष्य मधेसले १७।५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button