कला/साहित्य

डेसानको ट्रेलरमा महामारीको पीडा

Thrill Factory
Rungta Group

महामारीले ल्याउने समस्या र त्यसबाट माथि उठ्ने सन्देश बोकेको चलचित्र ‘डेसान’ यही २३ मँसिरबाट रिलिज हुँदैछ ।

प्रदर्शनी मिति नजिकिँदै गर्दा शनिबार यो चलचित्रको ट्रेलर सार्वजनीक गरिएको छ । फिल्मको करिब पौने २ मिनेट लामो ट्रेलरमा महामारीले समस्या निम्त्याउँदा त्यतिबेलाको नारीसम्वेदना, पारिवारिक समस्या र बिखण्ड प्रस्तुत गरिएको छ ।

सँगै प्रेम, धोका तथा र असमझदारीको कथा ट्रेलरमा उल्लेख छ । यो चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् ।जसमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । जसमा चक्रबहादुर महर्जनको छायाँकन, हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको गायन, अजय स्याङतेनको कोरियोग्राफी छ ।

मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button