कला/साहित्य

‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

Thrill Factory
Rungta Group

कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वर रहेको छ । गीतमा  शब्द नारायण नेपालको रहेको छ भने शशी विक्रम थापाको संगीत रहेको छ ।

यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गरेका छन् ।  म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्काको अभिनय  रहेको छ ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत् सार्वजनिक भएको हो । 

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौँ’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button