कला/साहित्य

सुगम, मेलिना र सुनिल जापानमा गुञ्जिँदै

Thrill Factory
Rungta Group

अंग्रेजी नयाँ वर्षको अवसर पारेर जापानमा आयोजना हुन लागेको ‘नयाँ वर्ष धमाका’ मा गायकद्वय सुगम पोखरेल र सुनिल सिंह ठकुरी तथा गायिका मेलिना राई गुञ्जिने भएका छन्।

कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले लाइफ फर फ्रेण्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रमा जापानका विभिन्न ६ शहरमा हुनेछन्।

कार्यक्रम डिसेम्बर २५ का दिन टोकियोको रोपंगी जेस नाइटमा हुनेछ। टोकियोपछि ओशाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा हुनेछन्।

आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ। लामो समयदेखि जापान बस्दै आएका शाहको समूहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरी सकेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button