अर्थमुख्य खबर

इन्धनमा मूल्यवृद्धिको प्रभाव : बढ्यो हवाई भाडा, कहाँको कति ?

Thrill Factory
Rungta Group

वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् ।

संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ । सबै भन्दा कम काठमाडौँ-सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौँदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ ।

यस्तै काठमाडौँ-नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि हवाई भाडा बढाइएको संघले जनाएको छ । बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै नेपाल आयाल निगमले पेट्रोलरमट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने एलपी ग्यासको भने एकैपटक २०० रुपैयाँ मूल्य वृद्धि गर्दै निगमले प्रतिसिलिन्डर १८०० रुपैयाँ पु¥याएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button