No Image Headlineदेशमुख्य खबरविशेष

विवादैविवादको पुलिन्दा रवि लामिछाने, राजनीति सुधार्ने कि पहिला आफू सुध्रिने ?

Thrill Factory
Rungta Group

सञ्चारकर्ममा रहँदा होस् वा राजनीतिमा आएपछि रवि लामिछाने कुनै न कुनै कारण चर्चामै छन् । २०८० सालमा पनि लामिछाने समाचारमा छाइरहे । तर, यसपल्टको चर्चा पनि सकारात्मकभन्दा नकारात्मक कारणले बढी रह्यो ।

१० वैशाखमा भएको उपचुनावमा चितवन २ बाट दोस्रोपल्ट जितेर संसदमा शानदार पुनरागमन गरेका लामिछाने वर्षको अन्त्यसम्म आइपुग्दा सहकारी ठगीको आरोप खेपिरहेका छन् ।

राजनीति सुधार्न आएको बताउने रवि लामिछाने यस्ता पात्र हुन्, जसका पछाडि एकपछि अर्को विवाद लामबद्ध छन् । आम नागरिकको नजरमा उनीमाथि चौतर्फी घेराबन्दी भएजस्तो देखिए पनि तारन्तर विवादमा उनी नै कसरी जोडिन पुग्छन् भन्ने प्रश्न जीवित छ ।

राजनीतिकरूपले उनका लागि यो वर्ष लाभदायक रह्यो । आफ्नै असावधानीले अघिल्लो वर्ष सबै सार्वजनिक पद गुमाएका लामिछाने दोस्रोपल्ट चुनाव जितेर संसद मात्र छिरेनन्, फेरि उपप्रधान एवं गृहमन्त्री बने । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन तोडेपछि लामिछाने नेतृत्वको रास्वपा नयाँ सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक बन्न पुगेको छ ।

तर, सहकारी ठगी प्रकरणले उनी वर्षभर विवादित पनि बने । देशभरका विभिन्न सहकारीको अर्बौं रकम अपचलन गर्नेहरूमध्ये एक रहेको आरोप उनले संसदमै खेपिरहेका छन् । सहकारी ठगीको आरोपका माझ गृहमन्त्री बनेकोमा उनीमाथि नैतिक प्रश्नहरू छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय छानबिन समिति गठन नगरेसम्म संसदमा लामिछाने संलग्न हुने सबै गतिविधिलाई रोक्ने अडानमा छ ।

केपी ओली, प्रचण्डजस्ता बुढालाई राजनीतिबाट पाखा लगाउनुपर्ने भन्दै चुनावमा नो नट एगेनको नारा लगाएका रविलाई छानबिनबाट जोगाउन तिनै ओली र प्रचण्ड लागिपरेका छन् । प्रधानमन्त्री प्रचण्ड लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुभन्दा संसद अधिवेशन नै अन्त्य गर्ने तयारीमा छन् । उनी तिनै बुढा र रविको शब्दमा नजान्ने नेताको पुच्छर समातेर सत्तायात्रामा मग्न छन् ।

समिति गठन भएपछि लामिछानेले राजीनामा दिनुपर्ने हुनसक्छ । उनी बाहिरिँदा रास्वपाले नै सरकार छोडेको विगतका कारण प्रधानमन्त्रीलाई डर छ ।

सहकारी ठगी प्रकरणका मुख्य योजनाकार मानिएका जीबी राई फरार छन् । सरकारबाहिर रहँदा लामिछानेले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीबीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना गरेका थिए । पछि उनै लामिछाने गृहमन्त्री भएको दुई महिना पुग्न लाग्दासम्म जीबी समातिएका छैनन् ।

एक समय यस्ता थियो, रविको विरोधमा सामाजिक सञ्जालमा कसैले एक शब्द बोल्यो कि पोल्योको अवस्था थियो । आज सामाजिक सञ्जालमा रविका विषयमा सकारात्मक भन्दा नकारात्मक टिप्पणीको लर्को बढी देख्न पाइन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button