खेल संसार

आईपीएल : चेन्नईको चौंथो जित, दिल्ली ९१ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको हो। यो चेन्नईको चौंथो जित हो।

भारतको मुम्बईमा आइतबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो।

सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २०९ रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो। दिल्ली १७ ओभर ४ बलमै अलआउट हुँदै १ सय १७ रनमा समेटिएको थियो।

यो जितसँगै चेन्नईले ११ खेलमा ८ अंक जोडेको छ। आइतबारको शानदार जितपछि चेन्नई आठौं स्थानमा उक्लिएको छ। दिल्ली भने ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button