खेल संसार

प्रिमियर लिग फुटबल : बराबरीमा रोकिए लिभरपुल र टोटनहम

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनहमले बराबरी खेलेका छन्।

गएराति भएको खेलमा लिभरपुल र टोटनहमले १–१ गोलको बराबरी खेलेका हुन्। एनफिल्डमा भएको खेलमा टोटनहमले सन ह्वेङ–मिनको गोलले अग्रता लिएको थियो। लिभरपुलका लागि लुइस डिजायले बराबरी गोल गरे।

बराबरी खेलेपछि लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान ८३ अंकसहित दोस्रो स्थानमा छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button