खेल संसार

रियल च्याम्पियन्स लिगको फाइनलमा

Thrill Factory
Rungta Group

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइलनको दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै रियल उपाधिनजिक पुगेको हो।

खेलको ७३ औं मिनेटमा रियाद महरेजको गोलमा अग्रता लिएको सिटीविरुद्ध ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १-१ को बराबरीमा पुर्‍याए।

इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । जसको कारण खेल समग्रमा ५-५ को स्थितिमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा गयो । र, करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३-१ को जित दिलाएर फाइनल पुर्‍याए।

अब रियलले उपाधि लागि २९ मे मा लिभरपुलसँग खेल्ने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button