प्रदेश

जनताको घरघरमा नेता प्रकाश उपाध्याय, भन्छन- वीरगन्जको विकास र समृद्धिको लागि मेरो उम्मेदवारी

वीरगञ्ज महानगरपालिकामा आधारभुत आवश्यक्ताको व्यवस्थापन नै पहिलो प्राथमिकतामा रहने नेपाली काङ्ग्रेसबाट नगरप्रमुखका आकाङ्क्षी प्रकाश उपाध्याय बताउँछन् । गास, बास, कपाससँगै शिक्षा, स्वास्थ्य र रोजगारलाई पहिलो प्राथमिकता दिनुपर्नेमा उपाध्यायको जोड छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनीधिसमेत रहेका उपाध्यायले वडालाई समृद्ध बनाउन शिक्षालाई सुधार गर्नुपर्ने बताए । साढे ३ दशकभन्दा लामो समयदेखि समाजसँगै शिक्षा क्षेत्रमा पनि आवद्ध भएकाले आफुसँग नगर र नगरवासीको विकासका लागि भिजन र परिकल्पना रहेको उनको भनाई छ । आधारभूत आवश्यक्ताको बिकासबिना अरु बिकास हुन नसक्ने दावी गर्दै निवर्तमान जिल्ला उपसभापतिसमेत रहेका उपाध्यायले भ्रष्टाचारमुक्त र कमिशनरहित सेवा सुविधाको सुरुवात गर्नका लागि पनि आफुले वीरगञ्ज महानगरमा मेयरको दावेदारी गरेको बताए ।

‘घर घर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानअन्र्तगत नेपाली काङ्ग्रेसले कार्यकर्ता भेटघाटलाई तिव्रता दिएको छ ।

बुथ सभापति राजेन्द्र महतोको सभापतीत्वमा सम्पन्न कार्यकर्ता भेलामा जिल्ला प्रतिनिधि ओमकृष्ण लामीछाने, क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति सहाबुद्दीन अंसारी, जिल्ला सहसचिव मदन यादब, जिल्ला सदस्य जितेन्द्र पुरुष ढकाल लगायत वडा कमीटीका पदाधीकारी एवम् क्रियाशिल सदस्यहरूको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button