प्रदेश

जनकपुरधाममा गोली चल्यो, एक युवक गम्भीर घाइते

धनुषाको जनकपुरधाममा एक युवकमाथि गोली प्रहार भएको छ ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ स्थित बेंगाशिवपुरमा गोली प्रहारबाट कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बेंगाशिबपुरस्थित मामा भोगी मुखियाको घरमा रहेको किराना पसलमा बसिरहेका बेला मुकेशमाथि गोली प्रहार भएको धनुषा प्रहरीले जनाएको छ ।​

चिउँडो हुँदै गोली मुखियाको घाँटीमा गएर अड्किएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । घाइतेलाई राति नै उपचारका लागि काठमाडाैं पठाइएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।

करिब ६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको समेत पहिचान भइसकेको उनले बताए । उनका अनुसार यस घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button