प्रदेश
पर्साको धोरे-पोखरिया सडक बनाइदिन नेता रौनियारको माग
पर्साको पकाह मैनपुर गाँऊपालिका वडा नम्बर १ धोरे देखि पोखरिया करिडोरसम्म पर्ने कच्ची सडकलाई बनाईदिन जसपा नेता नेता हरिनारायण आग्रह गरेका छन् ।
पर्सा ३ बाट निर्वाचित सांसदसमेत रहेका रौनियारले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई भेटी भारतबाट हुने आयात तथा भारततर्फ हुने निर्यातको उचित व्यवस्थाका लागि सडक निमार्ण जरुरी रहेको जनाउदै सडक निमार्ण कार्य गरिदिनु हुन आग्रह गरेका हुन् ।
भारतको रक्सौल देखि भेलाहीबजारसम्म सिमाक्षेत्रबाट नेपालतर्फ रहेको कच्ची सडकका कारण जनताको जनजीवन अस्तव्यस्त रहेकाले पोखरिया प्रसौनी हुलाकी सडक खण्डसंग जोडीदिन आग्रह गर्दै यसै आर्थिक वर्षमा उक्त सडक निमार्ण गर्न लिखितरुपमा अनुरोध गरेका छन् ।