प्रदेश

प्रदेश-२ सभापतिमा देउवा समूहका कृष्णा राय यादव विजयी

नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी हुनुभएको छ । उहाँले प्रदेश-२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गर्नु भएको हो ।

Patanjali Nepal
Sweet Mart Food

बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा समूहका कृष्णा राय यादवले ९ सय ९६ मत ल्याउनु भएको छ भने रामसरोज यादवले ८ सय ५५ मत पाउनु भएको छ । विमलेन्द्र निधि र शेखर कोइराला समूहले रामसरोजलाई उम्मेदवार बनाएको थियो  ।

प्रदेश-२ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो  । अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button