प्रदेश २ को नामकरणका लागि प्रदेशसभा पाँच प्रस्ताव पेश
प्रदेश नं २ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि विभिन्न पाँच वटा प्रस्ताव पेश भएका छन् । विहीबार बसेको प्रदेशसभा बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यले प्रदेशको नामकरणका लागि पाँच वटा प्रस्ताव पेश गरेका हुन् ।
बैठकमा सत्तारुढ जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादव र नेकपा माओवादी केन्द्रका भरत साहले प्रदेश नं २ को नाम ‘मधेश प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसलाई समर्थन गरेको छ ।
कांग्रेसकै राजेश्वरप्रसाद साहले भने ‘मध्य मधेश प्रदेश’ नामको प्रस्ताव गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने विहीबार पेश हुन सकेन । नामकरण सम्बन्धी पेश भएको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल जारी छ ।
बैठकमा प्रदेशको राजधानी तोक्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने अघिल्लो बैठकमा प्रस्तुत प्रदेश कृषि विश्वविद्यालय २०७८ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।