खेल संसार

न्युकासललाई लेष्टरले हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले न्युकासल युनाईटेडमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लेष्टरले युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गर्दा पाट्सन डाका र जेम्स म्याडिसनले एक एक गोल थपे ।

जितसँगै १६ खेलमा २२ अंक जोडेको लेष्टर आठौं स्थानमा उक्लिएको छ भने न्युकासल १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button