खेल संसार

प्रशिक्षक बिहीन म्यानचेस्टर युनाइटेड जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा

प्रशिक्षक बिहीन म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

प्रशिक्षक बिना मंगलबार राति भएको समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले भिल्लारियललाई २–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा समूह एफ को म्यानचेस्टर युनाइटेडका लागि ७८ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डो तथा ९० औँ मिनेटमा सान्चोले गोल गरे । दोस्रो गोलका लागि ब्रुनो फेर्नान्डेसले सहयोग गरेका थिए ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको १० अंक भएको छ । दोस्रो स्थानमा रहेको भिल्लारियलको सात अंक छ ।

समूह एफ अन्तर्गत नै भएको अर्को खेलमा एट्लान्टा र योङ्ग बोइजले ३–३ को बराबरी खेलेका छन् ।

यसैबीच मंगलबार समूह जी अन्तर्गत भएको खेलमा लिलेले आरबी साल्जबर्गलाई १–० तथा सेभिल्लाले वुल्फबर्गलाई २–० ले पराजित गरेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button