खेल संसार

खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि ….

Thrill Factory
Rungta Group

खेलाडीमाथि बोतल प्रहार भएपछि फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति हुने लियोन र मार्सेइलीबीचको खेल रद्द भएको छ।

लियोनको मैदानमा खेल सुरु भएको पाँच मिनेटमै दर्शकले प्रहार गरेको बोतल मार्सेइलीका दिमित्री पेयटको टाउकोमा लागेपछि खेल रद्द भएको हो ।

आफ्ना खेलाडीमाथि प्रहार भएपछि ड्रेसिङ रूममा फर्किएका खेलाडीहरू लामो समयसम्म पनि मैदानमा प्रवेश नगर्दा खेल रोकिएको झण्डै दुई घण्टापछि औपचारिक रुपमा खेल रद्द गरिएको जानकारी दिइएको थियो।

यो सिजन फ्रान्सेली फुटबलमा भएको यस्तो घटना दोस्रो पटक हो।

यसअघि गत अगष्टमा पनि मार्सेका दिमित्री पेयटलाई निसका समर्थकले बोतलले हिर्काएका थिए। जब पेयटले उक्त बोतल समर्थकतिर नै फर्काए त्यसपछि आक्रोशित भिड मैदानमा प्रवेश गरेका थियो।

फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button