खेल संसार

युभेन्ट्सले लाजियोलाई पराजित गर्दा फियोरेन्टिनाले एसी मिलानलाई हरायो

Thrill Factory
Rungta Group

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले लाजियो र फियोरेन्टिनाले एसी मिलानलाई पराजित गरेको छ ।

शनिबार राति भएका दुई छुट्टाछुट्टै खेलमा युभेन्ट्सले लाजियोलाई २-० गोल अन्तरले हराउँदा मिलान फियोरेन्टिनासँग ४-३ गोल अन्तरले पराजित भएको हो ।

जितसँगै युभेन्ट्सले १३ खेलमा २१ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको सातौं स्थानमा रहेको छ । लाजियो २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस हारसँगै मिलानले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । मिलान १३ खेलमा ३२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

फियोरेन्टिना २१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button