प्रदेश
कांग्रेस रुपन्देहीमा कुटाकुट, उम्मेदवारसहित ५ जना घाइते
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा कुटाकुट भएको छ ।
विवाद चर्किएपछि भएको कुटाकुटमा क्षेत्रीय सचिव पदका उम्मेदवारसहित ५ जना घाइते भएका छन् । मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।
घटना हुँदा कम्तीमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।
घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको ।