प्रदेश

वीरगञ्ज महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण

वीरगञ्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको विऊ वितरण शुरु गरेको छ ।

महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिऊ आजबाट वितरण गर्न सुरु गरेको हो ।

महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउन महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण शुरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए ।

महानगरपालिभित्र खेती योग्य जमिनमा गहुँबाली लगाउन कृषकहरुलाइ सहुलियत होस भन्ने उद्देश्यले महानगरपालिकाले ४० टन भन्दा बढी गहुँको बिऊ वितरण गर्ने योजना महानगरको रहेको नगर प्रमुख सरावगीले बताए ।

महानगरपालिकाले अहिले पहिलो चरणमा एनएल ९७१ जातको गहुँ किसानलाई वितरण गरेको र यसपछि विजय जातको गहुँ वितरण गरिने महानगरपालिकाको कृषि शाखा प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

अहिले महानगरपालिकामा अगुवा जातको गहुँको बिऊ वितरण सुरु गरिएको छ । यसपछि पनि समय बाँकी रहेमा एनएल ९७१ नै वितरण गरिने नभए गहुँको पछुवा जात विजय वितरण गरिने योजना रहेको कृषि शाखा प्रमुख श्रेष्ठले बताइन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button