खेल संसार
सहिद स्मारक ए डिभिजन फुटबल लिग आजबाट

नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु हुँदैछ। देशको फुटबलको मेरुदण्डको रूपमा रहेको लिग शुक्रबारबाट दशरथ रंथशालामा सुरु हुन लागेको हो।



लिगको उद्घाटन खेलमा सातदोबाटो यूथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ। सातदोबाटो यूथ क्लब यो वर्ष मात्र ए डिभिजनमा बढुवा भएर आएको क्लब हो।



उसले यो लिगमा राम्रो प्रदर्शन गरेर लिग तालिकाको मध्येस्थानसम्म रहने योजना बनाएको छ।


