कला/साहित्य

पूजा र रोशन अभिनित ‘रित्तो रित्तो’ को भिडिओ सार्वजनिक

Thrill Factory
Rungta Group

द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ‘रित्तो रित्तो’ को म्यूजिक भिडिओ सार्वजनिक भएको छ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त गीतको भिडिओ सार्वजनिक गरिएको हो।

दिग्गज धौलारीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा रोशन अधिकारीको स्वर छ। पाँच महिना अगाडि मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको भिडिओमा नायिका पूजा शर्मा र गायक अधिकारीको अभिनय छ।

भिडिओका निर्देशक विधान कार्की हुन् भने उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

पत्रकार सम्मेलनमा संगीतकार अर्जुन पोखरेल, गायक तथा अभिनेता रोशन अधिकारी, निर्देशक विधान कार्कीलगायतको उपस्थिति थियो। नायिका पूजा शर्मा भने कार्यक्रममा उपस्थित भईनन्। गायक अधिकारी संयुक्त राज्य अमेरिका बस्दै आएका छन्। यो गीतका निर्माता पनि अधिकारी नै हुन् ।

संगीतकार पोखरेलले विदेशमा व्यापार व्यावसाय भए पनि नेपालमा नै गीत संगीतका केही गर्छु भनि कोही आउँछ भने त्यो राम्रो कुरा भएको बताए। ’रोशनजीले गरेको लगानी सुरक्षित कसरी गर्ने भन्ने हाम्रो दायित्वको कुरा हो। उहाँ निकै राम्रो प्रतिभा हो। यसअघि हिट भएको मेरो गीत ‘धर्ती आकाश’ को अर्को भागमा पनि उहाँले नै गाउनुहुनेछ। उहाँ जत्तिको प्रतिभामाथी मैले लगानी गर्न डराउँदिनँ’, पोखरलले भने।

गायक अधिकारीले आफू नेपाल बाहिर बसे पनि नेपाली गीत संगीतमा केहि योगदान दिउँ भन्ने चाहना रहेको बताए। दुई वर्ष पहिले पनि नेपाल आएर काम गरेको सम्झँदै गायक अधिकारीले धेरै सिक्न बाँकी रहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button