खेल संसार
नेपाली चेलीहरुले दिलाए ऐतिहासिक सफलता

नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता दिलाएको छ । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिजमा ऐतिहासिक सफलता दिलाएको हो ।



नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै सफलता प्राप्त गरेको हो ।



नेपाली चेलीहरुले कतारविरुद्धको तीन खेलको टी–२० सिरिज दिलाउन सफल भएका हुन् । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा लगातार दुई दिनसम्म भएका दुवै खेलमा जित निकाल्दै नेपाल इतिहास रच्न सफल भएको हो ।



मंगलबार पहिलो खेलमा ११९ रनको जित निकालेको नेपालले बुधबार भएको दोस्रो खेलमा ६१ रनको जित निकाल्यो । योसँगै तेस्रो खेल बिहीबार खेल्नुअघि नै नेपालले सिरिज २–० ले आफ्नो पक्षमा पारिसकेको छ ।