प्रदेश

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

Thrill Factory
Rungta Group

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।

आजको प्रदेशसभा बैठकमा उनले ५० मत पाए । आफूलाई प्रदेशसभाको विश्वास छ भनेर मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा राखेको प्रस्तावमा उनको विपक्षमा २९ मत परेको थियो ।

उनको पक्षमा आएको मतले उनलाई बहमुत पुगेकाले मुख्यमन्त्रीका रुपमा राईले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ । आजको मतदानमा ७९ जना उपस्थित थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button