खेल संसार

कजाकस्तानलाई ८–० ले हराउँदै फ्रान्स विश्व कपमा छनोट

साविक विजेता फ्रान्सले सन् २०२२ मा कतारमा हुने फिफा विश्व कपमा छनोट भएको छ।

युरोपियन छनोट अन्तर्गत गएराति भएको खेलमा कजाकस्तानलाई ८–० ले हराउँदै फ्रान्स विश्व कपमा छनोट भएको हो।

फ्रान्सका केलियन एम्बाप्पेले ह्याट्रिकसहित ४ गोल गरे। फ्रान्सका लागि एम्बाप्पेको यो पहिलो ह्याट्रिक हो । करिम बेन्जिमाले दुई तथा एड्रिन रोबिट र एन्टोनी ग्रीजम्यानले एक/एक गोल गरे ।

यो जितसँगै समूह ‘डी’ को फ्रान्सले ७ खेलमा १५ अङ्क जोडेको छ । फ्रान्स शीर्ष स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button