खेल संसार

टी–ट्वान्टी विश्वकप : नामिबियाविरुद्ध भारतको जित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गतको खेलमा भारतले नामिवियालाई पराजित गरेको छ । सुपर १२ को समूह २ अन्तर्गतको अन्तिम खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो।

नामिबियाले दिएको १ सय ३३ रनको लक्ष्य भारतले १५ दशमलब २ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।

भारतका रोहित शर्माले सर्वाधिक ५६ रन बनाए भने केएल राहुलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे। नामिवियाका जान फ्रालिंचले एक विकेट दिलएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिवियाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो।
नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे।

भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीनरतीन तथा जसप्रित बुम्राहले दुई विकेट लिए।

सेमिफाइनलको याात्राबाट बाहिरिसकेका भारत र नामिविया दुबैका लागि यो खेल औपचारिकतामा मात्र सिमित भएको थियो।
प्रतियोगिताअन्तर्गत सुपर १२ मा भारतको पाँच खेल मध्ये यो तेस्रो जित हो भने नामिवियाले पाँच मध्ये केवल एक खेलमा जित हात पार्यो।

समूह २ बाट विजेताका रुपमा पाकिस्तान र उपविजेताका रुपमा न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button