खेल संसार

विश्वकप टि–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानको लगातार तेस्रो जित

Thrill Factory
Rungta Group

विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको खेलमा पाकिस्तान विजयी भएको छ । उसले आफ्नो प्रतिद्वन्द्वी अफगानिस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

यो सँगै उसले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । सुरुमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । जसमा लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान दिएका थिए ।

उता पाकिस्तानका लागि भने इमाद वासिमले २ तथा सहिन अफ्रिदी, हरिस राफु, हसन अली र सदब खानले १–१ विकेट लिएका थिए । १ सय ४८ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानले १९ औं ओभरमा लक्ष्य भेटाएको थियो ।

यसअघि आइतबारको खेलमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकाल्दै चर्चा बटुलेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button