खेल संसार

अर्जेन्टिनाका फरवार्ड मार्टिनेजको थप पाँच वर्ष इन्टरमा बस्ने

Thrill Factory
Rungta Group

इटालियन सिरी ‘ए’को क्लब इन्टर मिलानका फरवार्ड लाउटरो मार्टिनेजले क्लबसँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।

नयाँ सम्झौतासँगै अर्जेन्टिनाका फरवार्ड मार्टिनेज सन् २०२५र२६ सिजनको अन्त्यसम्म इन्टरमै बस्नेछन् । मार्टिनेज यसअघि बार्सिलोना जाने चर्चा चलेको थियो । त्यस्तै, उनलाई भित्र्याउन प्रिमियर लिगको क्लब आर्सेनल, टोटनहमले पनि चासो देखाएका थिए ।

तथापि, २४ वर्षीय मार्टिनेजले इन्टरमा करियर अघि बढाउने निधो गरेका छन् । बेल्जियमका फरवार्ड रोमेलु लुकाकु प्रिमियर लिगको क्लब चेल्सी गएपछि इन्टरमा मार्टिनेजले अग्रपंक्तिको नेतृत्व गरेका छन् ।

‘‘यहाँ बस्दा म धेरै खुसी छु । र, अझ लामो समय यहीँ बस्न चाहन्छु,’’ नयाँ सम्झैतापछि मार्टिनेजले भने ।

उनी २०१८ मा रेसिङबाट इन्टर आएका थिए । इन्टरले २०२०र२१ को सिजनमा २४ करोड ५६ लाख युरो घाटा बेहोरेको घोषणा गरेको बेला मार्टिनेजसँग सम्झौता नवीकरण गरेको छ ।

मार्टिनेजको उत्कृष्ट प्रदर्शनप्रेरित इन्टरले गत सिजन सिरी ‘ए’को उपाधि जितेको थियो । उनले गत सिजन १७ लिग गोल गरेका थिए । यस सिजन उनले नौ खेलमा पाँच गोल गरिसकेका छन् । मार्टिनेजले इन्टरबाट १४४ खेलमा ५४ गोल गरेका छन् भने १५ गोलमा अवसर सिर्जना गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button