खेल संसार

टी–२० विश्वकपः वेष्ट इन्डिजको विजोग

Thrill Factory
Rungta Group

आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले लगातार दोस्रो हार बेहोरेको छ । डिफेन्डिङ च्याम्पियन वेष्ट इन्डिज दोस्रो खेलमा मंगलबार दक्षिण अफ्रिकासँग पराजित भएको हो ।

यूएईको दुबईमा भएको खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १४४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा एडिन मार्क्रमले नटआउट रहँदै ५१ रन बनाए । रस्सी भान डेर डुसेनले नटआउट रहँदै ४३ रन बनाए । त्यस्तै रिजा हेन्ड्रिक्सले ३९ रन बनाए । वेस्ट इन्डिजका अकिल होसेनले १ विकेट लिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button