प्रदेश

बैतडीमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु

Thrill Factory
Rungta Group

बैतडीमा मंगलवारदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो । खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।

खोप अभियानअन्तर्गत मंगलवार र बुधवार पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए । यस्तै कात्तिक १० र ११ गते शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप लगाइनेछ ।

यस्तै कात्तिक ११ र १२ गते पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कात्तिक १४ र १५ गते सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रत्येक वडाका खोप केन्द्रमार्फत खोप लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गरिएको छ । खोप लगाउन जाँदा भेरोसेल खोपको पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा लैजान भनिएको छ ।

बैतडीमा हालसम्म ६१ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ । कोरोनाकै कारण यहाँ एक स्वास्थ्यकर्मीसहित १८ जनाको ज्यान गइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button